मन्त्री गजेन्द्र हमाल नियुक्ति प्रकरणले थप चर्को रुप लिने देखिएको छ ।
प्रधानन्यायाधीशको कोटाबाट गजेन्द्र हमाललाई नियुक्त गरिएको आरोप लागिरहेका बेला अधिवक्ताहरुले प्रधानन्यायाधीशलाई अदालत प्रवेशमा नै रोक लगाउन सकिने संकेत गरे । शनिबार रिपोर्टस क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा अधिवक्ता ओमप्रकाश अर्यालले तात्कालिन प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रीपरिषदको अध्यक्ष बनेपछि अदालत प्रवेशमा रोक लगाइएको तर्क गर्दै न्यायपालिकाले कार्यपालिकाप्रति लोभ गर्दा चुप लागेर बस्न नहुने बताए ।
अदालतको आस्था र जनविश्वास कायम राखिरहनका लागि अब विशेष रुपमा सोच्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा विभिन्न अधिवक्ताहरुका प्रस्तुत अभिव्यक्तिहरु हेर्नका लागि भिडियो क्लिक गर्नुहोला ।





