Logo
१९ श्रावण २०८३, मंगलवार
|  Tue Aug 4 2026

राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबिच पार्टी एकता


 कमल थापा नेतृत्वको राप्रपा नेपाल र तारानाथ लुइँटेलको संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबिच पार्टी एकता घोषणा भएको छ ।

राष्ट्रिय सभा गृहमा मंगलबार आयोजित कार्यक्रममार्फत पार्टी एकता घोषणा गरिएको हो । सो कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी एकता राष्ट्रवादी शक्ति निर्माण गर्न कोशेढुंङ्गा सावित हुने दाबी गरे ।

यस्तै मोर्चाका नेता तारानाथ लुइँटेलले हिन्दु राष्ट्रको मुद्दा लिएको राजेन्द्र लिङ्देन नेतृत्वको  राप्रपालाई पनि पार्टी विचार स्थापनाका लागि सडकमा आउन आह्वान गरे ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार