Logo
१८ श्रावण २०८३, सोमबार
|  Tue Aug 4 2026

माधव नेपालमाथी अदालतकाे आदेश संसयपुर्ण छः मन्त्री भुसाल


एकीकृत समाजवादीका कार्यावाहक अध्यक्ष डा. बेदुराम भुसालले ललिता निवास जग्गा प्रकरणमा पाटी अध्यक्ष माधव नेपाललाई अदालतले छानविनको लागी दिएको आदेश नै संसयपुर्ण भएको बताएका छन ।

अदालतले नहुने बिषयमा आदेश दिएको बताउदै कृषि तथा पशुपंक्षी मन्त्री समेत रहेका भुसालले वास्तविक बिषयलाइ मोडेर अदालतले दिएको आदेश स्वभाविक हो कि होइन ? भन्ने बिषयमा समेत प्रश्न उठेको वताए ।

`न्याय क्षेत्रमा काम गर्ने कानुन व्यवसायीहरुले अदालतको आदेश अस्वभाविक भएको बताईरहेको वेला हामीले त्यस्लाइ संसयको रुपमा लिएका छौ,´ मन्त्री भुसालले भने । यदपी छानविनलाइ आफ्नो पाटीले सदैव सहयोग गर्ने उनकाे भनाइ छ  ।

अध्यक्ष माधव नेपाललाइ अदालतले छानविन गर्न आदेश दिइरहेको वेला किन भगाउनुभयो भन्ने प्रश्नमा मन्त्री भुसालले त्यो आरोप मात्र भएको वताए । अध्यक्ष नेपाल पुर्वनिर्धारित कार्यक्रम अनुसार नै बिदेश गएको वताउदै भाग्यो या भगायो भन्नू प्रतिसोधपुर्ण भावना भएको जिकिर गरे ।

ग्रामिण उधम तथा आर्थिक विकास आयोजना मधेश प्रदेशले आयोजना गरेको कार्यक्रममा सहभागी हुन महोत्तरी पुगेका मन्त्री भुसालले सरकार सुशासनको प्रत्याभूत दिलाउने दिशातर्फ सदैव उन्मुख भएको पनि वताए ।


प्रतिक्रिया दिनुहोस !
विचार