Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

सुनको मूल्य घट्यो, कति पुग्यो तोलाको ?


नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ । आज छापावाल सुन आइतबारको तुलनामा १०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ६०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ९० हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलाको ५ रुपैयाँले बढेर १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार