Logo
१८ श्रावण २०८३, सोमबार
|  Mon Aug 3 2026

एकीकृत समाजवादी डोटीका अध्यक्ष बोगटी पदमुक्त


दिपायल, २१ असोज ।  नेकपा एकीकृत समाजवादी पार्टीले डोटी जिल्लाका अध्यक्षलाई पदमुक्त गरेको छ। एकीकृत समाजवादीका डोटी जिल्लाका अध्यक्ष दीर्घराज बोगटीलाई पदमुक्त गरेको पार्टीका जिल्ला इन्चार्ज पूर्णा जोशीले बताइन्।

बोगटीले पार्टीलाई विधि, पद्धति बमोजिम सञ्चालन गर्न तथा  पार्टीका निर्णय कार्यान्वयन गर्न उदासीन र गैर जिम्मेवार भएकाले उनलाई शनिवार पदमुक्त गरिएको एक विज्ञप्तिनै  जारी गरीएको छ। बोगटी अध्यक्ष पदमुक्त भएसँगै पार्टीका जिल्ला उपाध्यक्ष शिवराज खड्कालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार