Logo
१७ श्रावण २०८३, आईतवार
|  Sun Aug 2 2026

राष्ट्रसंघका महासचिवले संघीय संसदलाई सम्बोधन गर्ने, १४ गतेका लागि तय भयो मिति


संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई कात्तिक १४ गते सम्बोधन गर्ने भएका छन् । कात्तिक १२ देखि १५ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्न लागेका गुटेरेसले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका हुन् । मन्त्रिपरिषद बैंठकले गुटेरेसको नेपाल भ्रमण स्वीकृत गरेसँगै संघीय संसद्‍मा सम्बोधनको कार्यक्रम तय भएको हो ।

संघीय संसद्‍ सचिवालयका अधिकारीले दिएको जानकारी अनुसार महासचिव गुटेरेसले संघीय संसद्को संयुक्त बैठकलाई कात्तिक १४ गते अपराह्‍न ४ बजे सम्बोधन गर्नेछन् । प्रधानमन्त्री पुष्पकमल दाहालले असोज पहिलो साता संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिने क्रममा गुटेरेसलाई नेपाल भ्रमणको निम्ता दिएका थिए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेयता संघीय संसदलाई अन्य विदेशी उच्चपदस्थ व्यक्तिले सम्बोधन गरेका छैनन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही वर्षअघि नेपालको संसदलाई सम्बोधन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार