Logo
१८ श्रावण २०८३, सोमबार
|  Tue Aug 4 2026

जबर्जस्ती बालविवाह गराएको आरोपमा बेहुलासहित पाँच जना पक्राउ


नवलपुरबाट प्रहरीले बालविवाह गर्ने गराउने कार्यमा संलग्न भएको आरोपमा बेहुलासहित पाँच जनालाई पक्राउ गरेको छ ।

नवलपुर सदरमुकाम कावासोती नगरपालिका– १० मगरकोटका ४० वर्षीय पुरुषसँग १६ वर्षीया बालिकाको जबर्जस्ती विवाह गराएको आरोपमा बेहुलासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो।

नवलपुरका प्रहरी निरीक्षक साजन शर्माले बालविवाह भएको भन्ने सूचना पाउनासाथ विवाह गर्ने र गराउने ५ जनालाई नियन्त्रणमा लिएर कारबाही अघि बढाएको जानकारी दिए।

मुलुकी फौजदारी अपराधसंहिता २०७४ को दफा १७३ बमोजिम जबर्जस्ती बालविवाह गर्ने र गराउनेलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना वा दुवै हुने कानूनी व्यवस्था छ।


प्रतिक्रिया दिनुहोस !
विचार