Logo
३ बैशाख २०८३, शुक्रबार
|  Fri Apr 17 2026

२५ बर्षदेखिको क्यान्सर जितेकी बबि शाक्यलाई अभिनन्दन


आँट साहस र धैर्यता भए जस्तोसुकै रोगसँग पनि लड्न सकिन्छ भन्ने उदाहरण बनेकी बबि शाक्यलाई नेपाल क्यान्सर सहयोग समूहले अभिनन्दन गरेको छ ।
क्यान्सर सरभाइबरहरूको उपस्थितिमा ललितपुरको नेपाल क्यान्सर हस्पिटल एण्ड सिसर्च सेन्टरमा शाक्यलाई सम्मान गरिएको हो । संघर्षमा हार मानिएन भने क्यान्सर रोगलाई समेत पराजित गर्न सकिन्छ भन्ने उदाहरण बनेकी शाक्यलाई नेपाल क्यान्सर सहयोग समूह एबं नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरकी सहसंस्थापक स्वरूपा श्रेष्ठले अभिनन्दन गरिन् । कार्यक्रममा हस्पिटलका कार्यकारी अध्यक्ष सुदिप श्रेष्ठले क्यान्सरपछि पनि जीवन छ भनेर प्रेरणा लिन बबि शाक्य उदाहरणीय पात्र भएको भन्दै समयमै क्यान्सर रोगको पहिचान र उपचार भए क्यान्सर रोगबाट छुटकरा पाउन सकिने धारणा व्यक्त गरे ।
कार्यक्रममा हस्पिटललका मेडिकल डाइरेक्टर डा. विजेशराज घिमिरेले समयमै पहिचान भए क्यान्सर रोगको निदान सम्भव भएकाले निश्चित उमेर पुगेपछि बेला बेलामा क्यान्सर रोगको परिक्षण गराउनुपर्नेमा जोड दिए । त्यस्तै, सहयोग समूहका सचिव शशांक शर्माले २० बर्ष अघि आफूलाई क्यान्सर भएको स्मरण गर्दै अहिले आफूलाई क्यान्सर लागेपनि निको भएर दीर्घजीवन बाँच्न सकिन्छ भन्ने प्रेरणा मिलेको बताए । क्यान्सर विजेता सुनिता तुलाधरले सञ्चालन गरेको अभिनन्दन कार्यक्रममा सपोर्ट गु्रपकी सक्रिय सदस्य रेजिना मुल्मी तथा बबि शाक्यकी सासु, श्रीमान र छोरीले बबि शाक्यले हिम्मत नहारेकै कारण क्यान्सर जितेको बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार