Logo
३१ श्रावण २०८३, आईतवार
|  Sun Aug 16 2026

उपेन्द्र यादवको चरित्र हत्या गर्ने पम्पलेट टाँसेको आरोपमा दुई जना पक्राउ


उपेन्द्र यादवको चरित्र हत्या गर्ने गरी पम्पलेट टाँस्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पङ्कज झा र मनिष पूर्वे रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

उनीहरुले उपेन्द्र यादवको असली मालिक को हो यस तस्बिरले प्रस्ट पार्छ भनी धनुषालगायत विभिन्न जिल्लामा पोस्टर टाँसेर उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको पम्पलेट टाँस्दै हिँडेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार फागुन २६ गते राती लुकिछिपी सो पोस्टर टाँसिएपछि टाँस्ने व्यक्तिको खोजी भइरहेको थियो ।

उनीहरूलाई बुधवार राती पक्राउ गरेको छ । उनीहरू हिन्दु धर्मका अभियन्ता हुन् । उनीहरूको बारेमा थप छानबिन भइरहेको प्रहरीले बताए ।

धनुषाको लादोबेलाबाट पक्राउ परेको झा र पूर्वे राष्ट्रिय एकता अभियानको कार्यकर्ता रहेको प्रहरी स्रोतले जनाएको छ । यस कार्यमा अझै केही व्यक्ति संलग्न रहेको देखिएको छ, उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार