Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

पाँच दिनपछि खुल्यो शेयर बजार, शुरुवातमा छायो हरियाली


दशैं बिदामा बन्द रहेको शेयर बजार आइतबारदेखि खुला भएको छ । नेपाल स्टक एक्सचेञ्जले आइतबारदेखि कारोबार खुला गरेको हो ।

दशैं बिदा पछि खुलेको बशेयर बजार पहिलो दिन खुला हुना साथ सकारात्मक देखिएको छ । कारोबार खुला भएसँगै बढ्ने क्रम शुरु भएको शेयर कारोबार मापक नेप्से परिसूचक २५ मिनेटमा २२ अंक बढीले उकालो लागेको छ ।

कारोबार समय आधा घण्टा पुग्नै लाग्दा शेयर कारोबार रकम भने १० करोडमात्रै देखिएको छ । यसअघि पनि कारोबार रकममा सुधार आएको थिएन ।


प्रतिक्रिया दिनुहोस !
विचार