Logo
१५ बैशाख २०८३, बुधबार
|  Wed Apr 29 2026

७५ वर्षमा ७० विमान दुर्घटना, ९६४ जनाको मृत्यु


नेपालमा विमानको ७५ वर्षे इतिहासमा बुधबार (साउन ९) गते भएको विमान गरी हालसम्म ७० वटा विमानहरु दुर्घटनामा परिसकेका छन् । जसमा नेपाली र विदेशी कम्पनीबाट सञ्चालित विमानहरु पर्छन् ।

अहिलेसम्म विभिन्न जिल्लामा भएका ७० वटा विमान दुर्घटनामा परेर ९६४ जना स्वदेशी र विदेशी नागरिकले ज्यान गुमाउनुपरेको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार स्वदेशी विमान (सिंगल र डबल इन्जिनका) दुर्घटनामा ५०१ र विदेशी विमान दुर्घटनामा ३७१ जनाको मृत्यु भएको पाइन्छ ।

नेपाली राष्ट्रिय ध्वजाबाहक र निजी कम्पनीहरुले सञ्चालन गरेका डबल इन्जिनयुक्त विमानहरुमध्ये हालसम्म ५१ र सिंगल इन्जिनयुक्त विमानमध्ये ९ वटा विमानहरु दुर्घटनामा परिसकेका छन् ।

जसमध्ये डबल इन्जिनयुक्त विमान दुर्घटनामा ४६९ र सिंगल इन्जिनयुक्त विमान दुर्घटनामा ४७ जनाको मृत्यु भएको देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !
विचार