Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

एमाले कार्यालय डुबानमा


रातभर परेको पानीका कारण ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय डुबानमा परेको छ । अविरल वर्षाका कारण मनोहरा नदीमा आएको बाढी एमाले पार्टी कार्यालयभित्र पसेपछि एमाले मुख्यालय डुबानमा परेको हो ।

वर्षाका कारण काठमाडौँ उपत्यकाका सबैजसो नदीहरूमा पानीको सतहले खतराको तह पार गरेको छ । उपत्यकाका धोबीखोला बागमती मनोहरा विष्णुमती लगायत बाढीका कारण नदी तटीय क्षेत्रका बस्तीहरू डुबानमा परेका छन् ।

जोखिमयुक्त क्षेत्रहरूमा प्रहरीले मानिस तथा समानको उद्धार गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार