Logo
१५ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 31 2026

चेक अनादरको कसुरबारे मुद्दा दायर गर्दा आम्दानीको स्रोत खुलाउनुपर्छः सुमना


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले चेक अनादरको कसुरमा मुद्दा दायर गर्दा आम्दानीको स्रोत खुलाउनुपर्ने कानुनी व्यवस्थाको प्रस्ताव गरेकी छन् । ‘बैंकिङ कसुर तथा सजाय ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयक’मा यस्तो व्यवस्था थप गर्नुपर्ने उनको प्रस्ताव छ ।

चेक अनादरको कसुरमा मुद्दा दायर गर्दा उनले ‘कारोबार स्थापित गर्ने कागज, आम्दानीको स्रोत खुलाउने कागज र अन्य आवश्यक कागज’ पेश गर्नुपर्ने प्रस्ताव गरेकी हुन् । प्रस्तावित विधेयकको दफा ८ मा चेक अनादरको कसुरमा सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गर्न सकिने व्यवस्था छ ।

चेक अनादर गरेको प्रमाणित भएको मितिले तीन महिनाभित्र जाहेरी दिन सकिनेछ र त्यसरी जाहेरी परेको मितिले ३ महिनाभित्र सम्बन्धित जिल्ला अदालत समक्ष मुद्दा दायर गरिसक्नु पर्ने हुन्छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार