Logo
१६ जेष्ठ २०८३, शनिबार
|  Sun May 31 2026

गठ्ठाघर दुर्घटनाबारे छानबिन गर्न समिति गठन


गृहमन्त्री रमेश लेखकको निर्देशनपछि भक्तपुरको गठ्ठाघरमा भएको दुर्घटनाको छानबिन गर्न समिति गठन भएको छ । भक्तपुरका सहायक जिल्ला अधिकारी डोरेन्द्र निरौलाको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति बनेको हो ।

निरौला नेतृत्वको समितिमा भक्तपुर परिसरमा कार्यरत प्रहरी नायव उपरीक्षक राजन कार्की, यातायात व्यवस्था, सवारी चालक अनुमति पत्र राधेराधेमा कार्यरत मेकानिकल इन्जिनियर उत्तम बस्नेत र नागरिक समाजकातर्फबाट तुलसी हरि कोइराला सदस्य रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार