Logo
६ आश्विन २०८३, मंगलवार
|  Tue Sep 22 2026

कलभर्टमुनि मृत भेटिए वडाध्यक्ष यादव


महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेश यादव मृत फेला परेका छन्। बर्दिबास जलेश्वर सडकखण्डमा बर्दिबास–८ स्थित अकोण टोलमा आइतबार बिहान उनी मृत फेला परेको प्रहरीले जनाएको छ।

घटनाको प्रकृति हेर्दा गएराति बर्दिबासबाट घरतर्फ फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परेर उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

‘सडक छेउमा रहेको कलभर्ट माथिको पर्खालमा मोटरसाइकल ठोक्किएको देखिन्छ । वडाध्यक्षज्युको शव कलभर्ट मुनि फेला परेको छ,’ एक प्रहरीले भने । बिहान ६ बजे स्थानीयले प्रहरीलाई घटनाबारे खबर गरेको प्रहरीको भनाइ छ।

परिवारजनले प्रहरीलाई वडाध्यक्ष यादव साथीहरुसँग शनिबार बेलुकीतीर बर्दिबास गएको बताएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार