Logo
१५ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 31 2026

रविले ‘क्लिन चिट’ पाएको हल्ला चलाउँनु उचित हुँदैनः शंकर पोख्रेल


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा ‘क्लिन चिट’ पाएको भन्दै हिँडेपछि उनीप्रति ठूला दलका नेताहरु चिढिएका छन् । सहकारी ठगी छानबिन गर्न बनेको संसदीय समितिले प्रतिवेदन पेश गरेपछि रविसँग प्रमाण होइन रविलाई प्रणाम छ भनेको रहेछ मैले क्लिन चिट पाए भन्दै हिँडेपछि ठूला दलका नेताहरुरु चिढिएका हुन् ।

शनिबार प्रेस चौतारी नेपाल दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा नेकपा एमालेका महासचिव शंकर पोख्रेल रविसँग चिढिए । उनले रवि लामिछानेले आफ्नो कमजोरी स्वीकार्नु पर्ने ठाउँमा उल्टै ‘क्लिन चिट’ पाएको भन्दै हिँड्न’ उचित नभएको बताए ।

महासचिव पोख्रलले सहकारी रकम अपचलन मुद्दा अनुसन्धानको प्रक्रियालाई प्रभाव पार्नेगरी लामिछानेले क्लिन चिटको हल्ला चलाउनु उचित नभएको बताएका हुन । ‘अनुसन्धानको प्रक्रियामा सामेल हुनुपर्ने व्यक्तिले अनुसन्धानलाई प्रभाव पार्नेगरी आफ्ना भनाइ राख्न थाले,’ उनले भने, ‘सहकारीको रकम असुरक्षित गर्नेहरुलाई दण्डित गरिनुपर्छ ।

सहकारीको सदस्य नरहेका व्यक्ति र कम्पनीलाई लगानी गर्न मिल्दैन, अनुचित तरिकाबाट लगानी भित्र्याएको पुष्टि भयो, विना लगानी हिस्सेदारी प्राप्त गर्ने कुरा अनुचित हो, विना लगानी शेयर प्राप्त गर्ने कुरा अनुचित कार्य हो ।’


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार