Logo
१५ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 31 2026

नयाँ जनवादी मोर्चा नेपालको ललितपुर जिल्ला भेला सम्पन्न


तत्कालिन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) बाट फुटेकोे नयाँ जनवादी मोर्चा नेपालले ललितपुर जिल्ला भेला सम्पन्न गरेको छ । शनिबार सम्पन्न भेलामा सपना तामाङको नेतृत्वमा ४५ सदस्य निर्वाचित भएका छन् ।

उक्त भेलालाई सम्बोेधन गर्दै मोर्चाका संयोजक अशोक शर्माले भने, ‘ललितपुर जिल्ला नक्कली कम्युष्टिहरुको किल्ला भएता पनि असली कम्युष्टिहरु हामी हौँ ।’ साथै उनले भने, ‘असल, इमानदार सम्पूर्ण कम्युनिष्टहरुलाई एकतावद्ध गरी देशको संकट समाधान गर्न बनेको मोर्चा हो ।’

उक्त भेलालाई समापन गर्दै नवनिर्वाचित अध्यक्ष सपना तामाङले ललितपुर जिल्लामा अहिलेसम्म नक्कली कम्युनिष्टहरु थिए तर, नयाँ जनवादी मोर्चा नेपालको ललितपुर जिल्ला समिति घोषणा भएपश्चात असली कम्युनिष्टहरुको उदय भएको बताइन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार