Logo
१६ श्रावण २०८३, शनिबार
|  Sun Aug 2 2026

आफ्नै बुबाको हत्या आरोपमा ३२ वर्षीय छोरा पक्राउ


आफ्नै बुबा ५५ वर्षीय श्याम ओख्राबु लिम्बुको धारिलो हतियार बाम्फोक प्रहार गरी हत्या गरेको अभियोगमा मेरिङदेन गाउँपालिका–१ ओख्राबु बस्ने ३२ वर्षीय सुमन ओख्राबु लिम्बुलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सुमनले घरायसी विवादको क्रममा बाम्फोक प्रहार गर्दा श्याम ओख्राबुको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सान्थाक्राबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार