Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

वीरेन्द्रनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


वीरेन्द्रनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–८ का ५० वर्षीय महेश पौडेल रहेका छन्।

सुर्खेत प्रहरीका अनुसार सोमबार साँझ ६ बजेतिर भे५प ४०४२ नम्बरको उनको मोटरसाइकल वीरेन्द्रनगरको कालुङचोकमा गाईसँग ठोक्किएको थियो ‌।

दुर्घटना लगत्तै उनलाई प्रदेश अस्पताल लगिएको थियो । राति ८ बजेतिर अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार