Logo
१२ जेष्ठ २०८३, मंगलवार
|  Tue May 26 2026

भक्तपुर बाबुछोरा हत्या प्रकरणमा जेठो छोराले गरे आत्मसमर्पण, आफैले मारेको स्वीकार


भक्तपुरमा भएको बाबु र छोराको हत्या प्रकरणमा जेठो छोराले प्रहरी पुगेर आत्मसमर्पण गरेका छन्।

खोटाङ रूपाकोट मजुवागढी नगरपालिका वडा नम्बर १ का ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीण आचार्यको शव फेला परेको थियो भने कोठामा जेठा छोरा मिलन आचार्य थिएनन्।

गत शनिबार राति घटना भएदेखि नै जेठो छोरा सम्पर्कविहीन थिए। उनका बाबु र भाइको शव भने डेरामै सोमबार बिहान बेग्लाबेग्लै कोठामा फेला परेको थियो।

डेराबाट सम्पर्कविहीन भएका जेठा छोरा मिलन मंगलबार प्रहरीको सम्पर्कमा पुगेका छन्।

उनी काठमाडौंको महाराजगञ्जस्थित प्रहरी वृत्तमा पुगेर आत्मसर्पण गरेको स्रोतले जानकारी दिएको छ।

उनले हत्यामा आफ्नो संलग्नता समेत स्वीकार गरिसकेको स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार