Logo
११ आश्विन २०८३, आईतवार
|  Sun Sep 27 2026

गायन रियालिटी शो ‘सिङ्गिङ स्टार नेपाल सिजन १’ प्रसारणमा आउँदै


‘रील्स इन्टरटेन्मेन्ट’ को प्रस्तुति ‘सिङ्गिङ स्टार नेपाल सिजन १’ आजबाट प्रसारण सुरु हुँदै छ। यो मौलिक नेपाली गायन रियालिटी शो माघ ५ देखि प्रत्येक शनिवार र आइतबार राति ९ः ०० बजे बुढासुब्बा डिजिटल युट्युब च्यानल र प्राइम टाइम्स एचडी टिभी बाट हेर्न सकिनेछ।

कार्यक्रमको प्रोजेक्ट हेड र निर्देशक प्रमोद कुमार भण्डारी हुन् भने निर्माता टोलीमा शिखर गौतम, बुद्धि प्रसाद ढुंगाना, र नभराज चौलागाईं छन्। यस सिजनका जर्जहरूमा डा. त्रिशला गुरुङ, अर्जुन पोखरेल, र सनुप पौडेल रहेका छन्। कार्यक्रमको सञ्चालन नम्रता श्रेष्ठ र विशाल पोखरेल ले गर्नेछन्।

‘सिङ्गिङ स्टार नेपाल’ को उद्देश्य नेपाली संगीतप्रेमी दर्शकलाई मनोरञ्जन मात्र होइन, नेपाली सङ्गीत क्षेत्रका लागि नयाँ प्रतिभाशाली गायकरगायिका खोज्ने पनि हो। निर्देशक प्रमोद भण्डारीका अनुसार यो शोले नेपाली सङ्गीतको मौलिकता झल्काउने छ र दर्शकलाई भरपुर मनोरञ्जन दिनेछ।

कार्यक्रमको बजार व्यवस्थापन तपस्या क्रिएसन ले गरेको छ। ‘सिङ्गिङ स्टार नेपाल’ ले नेपाली सङ्गीत क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार