Logo
१२ आश्विन २०८३, सोमबार
|  Mon Sep 28 2026

रोकियो सेयरबजारको पहिरो, ६० अंकले बढ्यो नेप्से


लगातार दुई दिन उच्च अंकले घटेको सेयरबजारमा आज ब्रेक लागेको छ। आज नेप्से परिसूचक घट्ने क्रममा ब्रेक लाग्दै ६०.५६ अंकको उछाल आएको हो। यससँगै नेप्से २५७१.६६ विन्दुमा उक्लिएको छ।

आइतबारबाट खुलेको नेप्से पहिलो दिन १७.५९ अंकले बढेको थियो। त्यसपछि सोमबार र मंगलबार क्रमशस् ६९.५१ र ७७.३३ अंकको गिरावट आएको थियो।

नेप्सेमा आज दुई अर्ब ६७ करोड ९० लाख २८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल २१७ वटा कम्पनीका ६१ लाख एक हजार ४१४ कित्ता सेयर ३४ हजार ६४४ पटक किनबेच भएका थिए। आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १२.०९ अंकले बढेर ४८४.०५ विन्दुमा उक्लिएको छ।

आज आखुखोला जलविद्युत् कम्पनी, युनिभर्सल पावर कम्पनी र मैलुङ खोला जलविद्युत् कम्पनीको मूल्य १० प्रतिशतले बढेपछि सर्किट लागेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार