Logo
१४ श्रावण २०८३, बिहीबार
|  Thu Jul 30 2026

रास्वपा उम्मेदवार डा. थापाले सार्वजनिक गरे पहिलो श्रीमतीसँग भएको डिभोर्स पत्र


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही ३ का उम्मेदवार डा. लेखजंग थापाले पहिलो श्रीमतीसँग डिभोर्स भइसकेको जानकारी गराउँदै उनले डिभोर्स पत्र सार्वजनिक गरेका छन् ।

रास्वपा उम्मेदवार डा. थापाले २०७९ माघ १५ गते जिल्ला अदालत रुपन्देहीमा न्यायाधीश उमेश कोइरालाको इजलाशमा सम्बन्ध विच्छेद गरी मिलापत्र गरेको डिभोर्स पत्र सार्वजनिक गरेका हुन् ।

रास्वपाका ९ जना आकांक्षीमध्येबाट डा. थापा उम्मेदवार बनेपछि उनीबारे बहुविवाहको समाचारहरु सार्वजनिक भएका थिए ।

उक्त समाचारहरु सार्वजनिक भएपछि डा. थापाले अदालती कागजात फेसबुकमार्फत् सार्वजनिक गर्दै लेखेका छन्, ‘परिस्थितिका कारण मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो त्यति नै सत्य मेरो एकजना श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो । र, त्योभन्दा ठूलो सत्य सम्बन्धविच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो, जसको म बाबा पनि हो ।’

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ अञ्चलपुरका लेखजंगलाई रास्वपाले गत शुक्रबार र शनिबार सञ्चालन गरेको प्राइमरी इलेक्सनको मत र अरू प्रक्रियाका आधारमा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

 


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार