Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

न्यादी हाइड्रोपावरको सेयर बाँडफाँट, यसरी हेर्नुहोस्


न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज बिहान सेयर बाँडफाँट भएको हो। आवेदकमध्ये २ लाख ९ हजार २५० जनाले कम्पनीको सेयर प्राप्त गरेको क्यापिटलले जनाएको छ।

कम्पनीले असोज १५ गते देखि १९ गतेसम्म सर्वसाधारणको लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्काशनमा ल्याएको थियो। यस कम्पनीको आईपीओमा २३ लाख ५७ हजार १६६ जनाको आवेदन परेको छ।

यी आवेदकहरुबाट २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताको लागि आवेदन परेको थियो, जुन मागभन्दा १४ गुणा बढी हो। कम्पनीले असोज १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो। कम्पनीको आईपीओमा २३ लाख ५७ हजार १६६ आवेदनबाट २ अर्ब ९४ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताको लागि आवदेन परेको थियो।

कम्पनीले लमजुङ जिल्लामा ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। यस आयोजनको निर्माण लागत अनुमानित ६ अर्ब ११ करोड ७७ लाख ५५ हजार रुपैयाँ रहेको छ ।

आईपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो सेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ ।


प्रतिक्रिया दिनुहोस !
विचार