Logo
१४ श्रावण २०८३, बिहीबार
|  Fri Jul 31 2026

आम नागरिक मञ्च, नेपालको घोषणा सभा सम्पन्न, ५१ सदस्यीय केन्द्रीय समिति चयन


आम नागरिक मञ्च, नेपालद्वारा आयोजित घोषणा सभा सफलतापूर्वक सम्पन्न भएको छ । व्यापक जनसहभागिता बीच सम्पन्न सभाले संगठनको प्रारम्भिक संरचना टुंगो लगाउँदै ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको मञ्चले जनाएको छ।

कार्यक्रममा देशभरका नागरिक अभियन्ता, युवा, पेशाकर्मी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सभामा वक्ताहरूले दलिय स्वार्थ र भ्रष्ट राजनीतिक संस्कृतिबाट दिक्क जनताले अब वैकल्पिक नागरिक आन्दोलनलाई मजबुत रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।

भेलाबाट चयन गरिएको ५१ सदस्यीय केन्द्रीय समितिले अब आउने दिनमा मञ्चको नयाँ नीति–दिशा, राष्ट्रिय अभियान मार्गचित्र र संगठन विस्तारका कार्यक्रमहरू अघि बढाउने बताइएको छ।

मञ्चका नेताहरूले घोषणा सभालाई ऐतिहासिक प्रारम्भिक कदमका रूपमा व्याख्या गर्दै, ‘नागरिकको शक्ति, नैतिकता र एकताको आधारमा नयाँ नेपालको निर्माण’ गर्ने प्रतिबद्धता जनाएका छन्।

घोषणा सभामा पारित प्रस्तावहरू सार्वजनिक तयारीमा रहेको तथा चाँडै औपचारिक रूपमा जारी गरिने पनि मञ्चले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार