कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा संयोजक प्रचण्ड भित्री संवादमा जुटेका छन् । राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गर्ने विषयमा उनीहरु संवादमा जुटेका हुन् । यद्यपि यो संवादलाई भने गोप्य राखिएको छ । गठबन्धनको प्रस्ताव प्रचण्डले राखेको तर देउवाले कुनै ठोस जवाफ दिइनसकेको बुझिएको छ ।
नेकपाका एक नेताले दिएको जानकारी अनुसार प्रचण्डले प्रदेश सरकारहरुमा समेत गठबन्धनका लागि प्रस्ताव गरेका छन् । मधेश प्रदेशमा जस्तै मिलेर जान सकिनेगरी वातावरण मिलाउँन उनको आग्रह छ ।
एमालेबाट संविधान र व्यवस्थाको रक्षा हुन नसक्ने भन्दै प्रचण्ड कांग्रेसका अन्य नेताहरुसँगको संवादलाई पनि अघि बढाउँने योजनामा रहेको ती नेताले बताए ।





