Logo
१३ श्रावण २०८३, बुधबार
|  Wed Jul 29 2026

सांसद बन्न चाहनेका लागि कुलमानको पार्टीमा आवेदन खुल्यो


कुलमान घिसिङको सकृयतामा खुलेको उज्यालो नेपाल पार्टीले चुनावमा उम्मेदवार बन्न चाहनेहरुका लागि आवेदन आह्वान गरेको छ ।

पार्टीले एक विज्ञप्ती जारी गर्दै फागुन २१ को निर्वाचनमा उम्मेदवार बन्न चाहने स्वच्छ र इमान्दार नागरिकलाई आवेदन दिन भनिएको छ । प्रत्यक्ष र समानुपातिक दुबै तर्फको उम्मेदवारीका लागि यही पुस ३ गतेभित्र आवेदन दिन आह्वान गर्दै उज्यालो नेपाल पार्टीले जेनजी आन्दोलनपछिको भावना अनुसार पार्टी अघि बढ्न चाहेको बताएको छ । आवेदनका लागि पार्टीको आधिकारिक वेभसाइटमा गएर फर्म डाउनलोड गर्न सकिने उसको भनाई छ ।

फागुन २१ को निर्वाचन नजिकिँदै गइरहेका बेला विभिन्न पार्टीहरु धमाधम उम्मेदवारी छनोटतिर लागेका छन् । कुलमान घिसिङको अगुवाईमा खुलेको पार्टीले रवि लामिछाने नेतृत्वको रास्वपासँग पार्टी एकताको प्रयास गरेपनि त्यो सम्भव नभएपछि ऊ एक्लै चुनावमा होमिनेगरी अघि बढेको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार