Logo
९ श्रावण २०८३, शनिबार
|  Sat Jul 25 2026

रवि लामिछानेको मुद्दामा आजका लागि तोकियो पेशी


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज पेसी तोकिएको छ ।

लामिछाने सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा छन् । आज पेसी चढेको उच्च अदालत बुटवलका सूचना अधिकारी राम बहादुर कुवरले बताए । मुद्दा गत हप्ता हेर्न नमिल्नेमा परेको थियो भने यसअघि दुई पटक रवि पक्षका कानून व्यवसायीले निवेदन दिएर बहस रोकिएको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ रुपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार