Logo
८ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 24 2026

फलफूल तथा तरकारी बजारमा आजको भाउ कति ?


काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

कालीमाटीमा आज प्याज, बोडी, काउलीसहितका तरकारीको मूल्य घटेको छ। तर, च्याउ, भन्टा लगायत तरकारी भने महँगिएका छन्। धेरैजसो तरकारी हिजोअस्तीकै मूल्यमा पनि किनबेच भइरहेको समितिले जनाएको छ।

कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ९५, ठूलो भारतीय गोलभेँडा १०५, सानो लोकल गोलभेँडा ७०, टनेलको सानो गोलभेँडा ९२, रातो आलु ४०, सुकेको भारतीय प्याज ४६, लोकल गाँजर ८५, लोकल बन्दा ५०, स्थानीय काउली ५७, लाम्चो भन्टा ७५, डल्ले भन्टा ८५, तने बोडी १६०, मकै बोडी ६५ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि करेला १२५, लौका ७०, लोकल परबल ९५, डल्ले फर्सी ५२, पाकेको फर्सी ३५, कन्य च्याउ ११५, डल्ले च्याउ २९०, कुरिलो १०५० र ब्रोकाउली १०५रुपैयाँ प्रतिकिलो छ।

कालीमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा १०५, ठूलो भारतीय गोलभेँडा १००, सानो लोकल गोलभेँडा ६५, टनेलको सानो गोलभेँडा ९६, रातो आलु ३९, सुकेको भारतीय प्याज ५०, लोकल गाँजर ७६, लोकल बन्दा ५३, स्थानीय काउली ६३, लाम्चो भन्टा ७०, डल्ले भन्टा ८५, मकै बोडी ७५ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरि करेला १३०, लौका ५५, लोकल परबल ९५, डल्ले फर्सी ५०, पाकेको फर्सी ३५, कन्य च्याउ ११५, डल्ले च्याउ २७५, कुरिलो ११०० र ब्रोकाउली १०५रुपैयाँ प्रतिकिलो थियो।

हेर्नुहोस् तरकारी तथा फलफूलहरूको आजको मूल्यसूची


प्रतिक्रिया दिनुहोस !
विचार