पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले देशमा राजसंस्था फर्कन सक्ने सम्भावना रहेको बताएकी छिन् ।
पत्रकार ऋषी धमलासँगको एक अन्तर्वार्तामा भण्डारीले तरल राजनीतिक अवस्थाका कारण राजसंस्था फर्कन सक्ने सम्भावना छँदैछैन भन्ने अवस्था नरहेको बताएकी हुन् । राजनीतिमा हरेक सम्भावना जीवित रहन भन्दै उनले राजसंस्था फर्किएको अवस्थामा पूर्वराजा ज्ञानेन्द्र शाह नै राजा बन्ने समेत बताइन् । पूर्वराष्ट्रपति भण्डारीको यो अभिव्यक्तिले राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ ।





