Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

बालेनसँग भेटेर डा.सुनिल शर्माले भने : संसद पुनःस्थापनातिर लागौं


काठमाडौंका मेयर बालेन साहसँग नेपाली कांग्रेसका नेता डा.सुनिल शर्माले संसद पुनःस्थापनाका विषयमा कुरा गरेको बताएका छन् । बालेन साहलाई भेट्न कुमार बेनको घरमा पुगेका डा.सुनिल शर्माले संसद पुनःस्थापना गरेर अघि बढ्नुपर्ने बताएको जानकारी दिए ।

शर्माले संसद पुनःस्थापनाका विषयमा बालेन साहसँग कुराकानी गरेको बताइरहँदा यता नेपाली कांग्रेसका केही नेताहरुले भने शर्मा बालेन सहितको पार्टीमा जान लागेको आशंका गरेका छन् । बालेनलाई भनेर संसद पुनःस्थापना नहुँने भन्दै उनीहरुले शर्मा र बालेनबीच नयाँ पार्टीकै विषयमा छलफल भएको दाबी गरेका हुन् । तर, शर्माले भने आफू अबको केही वर्षपछि नेपाली कांग्रेसको सभापति हुने दाबी गर्दै कांग्रेस छाड्ने कुनै सोच नभएको बताए ।

शर्माले कांग्रेसको आगामी महाधिवेशनमा पदाधिकारीमा चुनाव लड्ने बताउँदै आएका छन् । तर, रवि लामिछाने र बालेन साहसँग उनले बढाएको सम्बन्धलाई लिएर भने उनी कांग्रेसमा रहनेमै आशंका उब्जिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार