Logo
१२ श्रावण २०८३, मंगलवार
|  Wed Jul 29 2026

गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउँनेगरी महाधिवेशन विवाद सुल्झाउने कांग्रेसको तयारी


गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउँनेगरी नेपाली कांग्रेसले महाधिवेशनको विवाद सुल्झाउँने प्रयास थालेको छ ।

सोही प्रयास अनुरुप कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मासँग भेट गरेका छन् । भेटका क्रममा महामन्त्री शर्माले फागुन २७ र २८ गतेको विशेष महाधिवेशनलाई संकल्प सम्मेलनको नाम दिने र उक्त सम्मेलनबाट गगन थापालाई प्रतिनिधिसभा निर्वाचनपछिको प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गर्ने प्रस्ताव गरेका छन् ।

उक्त प्रस्तावकाप्रति कार्यबाहक सभापति पूर्णबहादुर खड्काले सकारात्मक जवाफ दिएको बुझिएको छ । यद्यपि पार्टीका अन्य नेताहरुसँग विस्तृत छलफल गर्न भने बाँकी छ ।


प्रतिक्रिया दिनुहोस !
विचार