Logo
९ श्रावण २०८३, शनिबार
|  Sat Jul 25 2026

राप्रपा अध्यक्ष लिङ्देन र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता


सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।

ललितपुर लुभुलामाटारस्थित लिङ्देन निवासमा आज बिहान उनीहरूबीचमा भएको भेटघाटमा आसन्न प्रतिनिभिसभा निर्वाचन, समसामयिक राजनीतिक अवस्थालगायतका विषयमा कुराकानी भएको थियो । भेटपछि सञ्चारमन्त्री खरेलले निर्वाचन सम्पन्न गर्न सरकारले सम्पादन गर्नुपर्ने काम उच्च प्राथमिकताका साथ गरिरहेको जानकारी दिए । सो अवसरमा राप्रपा अध्यक्ष लिङ्देनले निर्वाचनका लागि राप्रपा प्रतिबद्ध रहेको बताए ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले निर्वाचनको वातावरणका लागि यसअघि प्रमुख राजनीतिक दलका नेताहरूसँग निवासमै पुगेर भेटवार्ता गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार