Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


आइतबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रतितोला ९२ हजार एक सय रुपैयाँ निर्धारण भएको छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला एक हजार २ सय ६० रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा केही दिनयता सुनको मूल्यमा सामान्य बृद्धि हुन थालेको छ जसले गर्दा यसको प्रभाव स्थानीय बजारमा परेको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार