Logo
८ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 24 2026

देउवा निवासमा गगन र विश्वप्रकाश


कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर विवाद मिलाउँने अन्तिम प्रयासका लागि महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा देउवा निवास महाराजगञ्ज गएका छन् । दुबै पक्ष आ आफ्ना अडानमा रहिरहेका बेला महामन्त्रीहरु देउवा निवास गएका हुन् ।

दुई समूहबिच सभापति देउवाले सक्रिय राजनीतिबाट संन्यास लिने र फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई दिने टिकटमा हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्ने विषयमा कुरा मिलेको छैन।
यही विषयलाई कसरी टुङ्ग्याउने भनेर शीर्ष तहमै अन्तिम छलफल हुन लागेको हो । तथापि दुवै पक्ष आआफ्नो अडानमा रहेकाले सहमति हुने सम्भावना न्यून रहेको नेताहरू बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !
विचार