एक महिनाको अवधिमा ६0८ प्रतिशतसम्मको वृद्धि देखिएको छ । कालीमाटी थोक बजारमा कारोबार भएको मूल्य विवरणअनुसार स्कुसमा ६0८ प्रतिशतले वृद्धि देखिएको छ । एक महिनाअघि पुस ३ गते १२ रुपैयाँ औसत मूल्य पर्ने आज स्कुस ६0८.३३ प्रतिशतले बढेर ८५ रुपैयाँमा कारोबार भएको छ ।
यस्तै लोकल बन्दा २१८.१८ प्रतिशतले बढेको छ । एक महिनाअघि लोकल बन्दा प्रतिकिलो २२ रुपैयाँ रहेकोमा आज ७ रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, लौकामा १४२ प्रतिशतले बढेको छ । एक महिनाअघि प्रतिकिलो ३५ रुपैयाँ पर्ने लौका आज ८५ रुपैयाँ औसत मूल्यमा कारोबार भएको छ । स्थानीय काउली एक महिनाअघि प्रतिकिलो ३५ रुपैयाँ औसत मूल्य रहेकोमा आज २.८६ प्रतिशतले बढेर २.५ रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, घिउ सिमी एक महिनाअघि प्रतिकिलो ४५ रुपैयाँ औसत मूल्य रहेकोमा १८८.८0 प्रतिशतले बढेर १३0 रुपैयाँ कायम भएको छ । तिते करेला २ प्रतिशतले बढेको छ । एक महिनाअघि प्रतिकिलो ५५ रुपैयाँ औसत मूल्य रहेको तिने करेला १७0 रुपैयाँ औसत मूल्यमा कारोबार भएको छ ।
यस्तै ब्रो काउली १७२.२२ प्रतिशत बढेको छ । एक महिनाअघि प्रतिकिलो ४५ रुपैयाँ औसत मूल्य पर्ने ब्रो काउली आज प्रतिकिलो १२२.५0 रुपैयाँमा कारोबार भएको छ








