Logo
६ श्रावण २०८३, बुधबार
|  Thu Jul 23 2026

पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?


हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू- भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातरवर्षाको सम्भावना रहेको छ । तराई भू(भागका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सुरकुहिरो रहनेछ।

दिउँसो देशका  हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

 


प्रतिक्रिया दिनुहोस !
विचार