Logo
२ बैशाख २०८३, बिहीबार
|  Thu Apr 16 2026

दुर्गा प्रसाईंमाथि सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गरिने


मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीले सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गर्ने भएको छ । प्रसाईं सोमबार साँझ भक्तपुरबाट पक्राउ परेका हुन् ।

प्रसाईंलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान गरिने जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले बताएका छन् ।

प्रसाईंले सरकारसँगको सम्झौता पुरा नभए अनिश्चित कालीन बन्द गराउने र चुनाव हुन नदिने अभिव्यक्ति दिँदै आएका छन् । उनी विरुद्ध झुटा अफवाह फैलाउन नहुने कसुरमा पनि अनुसन्धान गरिने एसपी भट्टराईले बताएका छन् ।

यसअघि माघ २३ मा पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा छुटेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार