Logo
१६ बैशाख २०८३, बिहीबार
|  Thu Apr 30 2026

डा.सुनिल शर्माले भने : निःशुल्क उपचार सेवा रोकिएको भन्ने हल्लामा सत्यता छैन


डा.सुनिल शर्मा निर्वाचनमा पराजित भएसँगै उनी सञ्चालक रहेका हस्पिटलले प्रदान गर्दै आएको निःशुल्क उपचार सम्बन्धि सेवा रोकिएको भन्ने हल्लामा कुनै सत्यता नरहेको बताइएको छ ।
सुनिल शर्माले एक विज्ञप्ती जारी गर्दै हल्लामा सत्यता नभएको बताएका छन् । उनले भनेका छन् :
हाल बजारमा विभिन्न किसिमका हल्ला तथा भ्रम फैलिएको विषयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। हामीले सञ्चालन गर्दै आएका संस्थाहरू — Nobel Medical College र Kathmandu Medical College — मार्फत विगतदेखि नै नागरिकहरूको सेवा र सहयोगका विविध कार्यहरू निरन्तर रूपमा हुँदै आएका छन्। विशेष गरी आर्थिक अवस्था कमजोर भएका नागरिकहरूलाई प्राथमिकतामा राख्दै छुटदेखि निःशुल्क उपचार तथा स्वास्थ्य सेवा प्रदान गर्दै आएको कुरा यहाँहरू सबैलाई अवगत नै छ।
यस प्रकारका सेवा तथा सुविधाहरू देशका विभिन्न स्थानमा, सम्बन्धित ward तथा जिल्लाहरूमा उचित प्रक्रिया र आधिकारिक माध्यममार्फत उपलब्ध गराइँदै आएको पनि सर्वविदित नै छ। नागरिकको आवश्यकता र आर्थिक अवस्थालाई ध्यानमा राखी सेवा पुर्याउने हाम्रो प्रयास सधैं निरन्तर रहँदै आएको छ।
चुनावमा हार वा जित हुनु र सामाजिक सेवा तथा सत्कर्मबीच कुनै सम्बन्ध हुँदैन, न त कहिल्यै थियो। समाज र राष्ट्रप्रतिको हाम्रो दायित्वलाई आत्मसात गर्दै यस्ता सेवा तथा सहयोगका कार्यहरू हामीले आगामी दिनहरूमा पनि देशभर निरन्तर रूपमा जारी राख्नेछौँ भन्ने कुरा सम्मानपूर्वक जानकारी गराउन चाहन्छु।
तसर्थ, बजारमा फैलाइएका हल्ला वा भ्रममा नपरी आवश्यक जानकारीका लागि सम्बन्धित वार्डमा रहेका हाम्रो संस्थासँग आबद्ध प्रतिनिधिहरूसँग सम्पर्क गरी संस्थाको नियम र विधी अनुसार आउन हुन सबैमा हार्दिक अनुरोध गर्दछु।


प्रतिक्रिया दिनुहोस !
विचार