Logo
१८ बैशाख २०८३, शनिबार
|  Sat May 2 2026

बालेन साहले पनि खनाललाई अर्थमन्त्री बनाउँने सम्भावना


बालेन साहले पनि रामेश्वर खनाललाई अर्थमन्त्री बनाउँने सम्भावना देखिएको छ ।

सुशीला कार्की नेतृत्वको सरकारमा अर्थमन्त्री रहेका खनालको काम गराईबाट अहिलेकी प्रधानमन्त्री सुशीला कार्की सन्तुष्ट रहेको र उनलाई फेरि अर्थमन्त्री बनाउँनका लागि कार्कीले नै बालेनसँग कुरा गरेको बुझिएको छ । तर, रास्वपा उपसभापति डा.स्वर्णिम वाग्लेलाई सभापति रवि लामिछानेले यसअघि नै बजेट लेख्न शुरु गर्न भनिसकेका कारण यसै हुन्छ भन्ने स्थिती भने छैन । कतिपयले खनाल सांसद नै नरहेका कारण उनी अर्थमन्त्री बन्न नसक्ने भनेपनि उनलाई कार्की नेतृत्वको सरकारले नै राष्ट्रियसभामा मनोनयन गर्ने तयारी गरेको छ ।

उनी तत्काल राष्ट्रियसभा सदस्य नहुँदा पनि संविधानतः ६ महिनासम्म सांसद नरहेको व्यक्तिलाई मन्त्री बनाउँन मिल्ने व्यवस्था छ । अहिलेका अर्थमन्त्री रामेश्वर खनालले विषम परिस्थितीमा पनि सरकार नछाडेको, अब्बल कार्यक्षमता प्रस्तुत गरेको लगाएतका कारण उनीसँग प्रधानमन्त्री सुशीला कार्की असाध्यै खुसी छिन् । उनलाई फेरि मन्त्री बनाउँने प्रयोजनकै लागि राष्ट्रियसभामा लैजना लागिएको विश्वस्त स्रोतले जनाएको छ । खनालले मंगलबार मात्रै रातो पासपोर्ट सरकारलाई फिर्ता गरेका छन् । मन्त्री पदमा बहाल रहेकै बेला पासपोर्ट फिर्ता गरिएको विषयले खनालको वाहवाही भएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार