Logo
२ बैशाख २०८३, बिहीबार
|  Thu Apr 16 2026

कुलमानलाई उज्यालो नेपाल पार्टी निल्नु न ओकल्नु


प्रधानमन्त्री पद ताकेर चुनावमा होमिएका कुलमान घिसिङलाई उज्यालो नेपाल पार्टी निल्नु न ओकल्नु भएको छ । चुनावमा आफू सहित सबै नेताहरु पराजित भएपछि घिसिङ निकै तनावमा परेका छन् ।

काठमाडौं ३ को चुनावी मैदानमा रास्वपाका राजु पाण्डेले नराम्रोसँग पछारेपछि रन्थनिएका घिसिङले अब के गर्लान् भन्ने कौतुहलता धेरैमा छ । चुनाव पराजित भएपछि औपचारिक रुपमा एउटा अभिव्यक्ति दिने बाहेक घिसिङले केही गरेका छैनन् । चुनावको केहीदिनअघि उज्यालो नेपाल पार्टीलाई रास्वपासँग मिलाएका घिसिङ दुई हप्ता पनि नपुग्दै रास्वपाबाट बाहिरिएका थिए । रास्वपामा गएका रिमा विश्वकर्मा सहितका नेताहरु उतै बस्दा घिसिङ अहिले वल्लो घाट न पल्लो तिर भने जस्तो अवस्थामा पुगेका छन् ।

रिमा सहित उतिबेला उज्यालो नेपाल पार्टीमा रहेका धेरैले रास्वपाबाट सांसद पद पड्काइसकेका छन् भने कुलमान घिसिङलाई पार्टी अब के गर्नु भन्ने पिरलो परेको छ । यतिबेला पार्टी सञ्चालन गर्न पनि कठिन र खारेज गर्न पनि कठिन भएको छ घिसिङलाई । उनले रास्वपासँग सम्बन्ध विच्छेद गरेपछि भने पार्टीले सम्मानजक मत पाउँने र उज्यालो नेपाल पार्टीको भविष्य उज्यालो रहेको बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार