Logo
९ असार २०८३, मंगलवार
|  Wed Jun 24 2026

अमेरिकाले रविलाई फोन नै गरेर दियो बधाई


अमेरिकाले रास्वपा सभापति रवि लामिछानेलाई बधाई दिएको छ।

दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी विशेष दूत सर्जिओ गोरले रास्वपा सभापति लामिछानेलाई टेलिफोन गरी बधाई दिएका हुन्।

गोरले चैत १० गते लामिछानेलाई फोन गरी निर्वाचनमा प्राप्त जितका लागि रास्वपालाई बधाई दिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।

‘अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै हाम्रो आर्थिक साझेदारीको सुदृढीकरण गर्न र हाम्रा दुई देशबिचको मित्रतालाई अझ गहिरो बनाउन उत्सुक रहेको छ,’ दूतावासले फेसबुकमा जारी गरेको सन्देशमा भनिएको छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार