Logo
१८ चैत्र २०८२, बिहीबार
|  Thu Apr 2 2026

पूर्व उर्जामन्त्रीलाई डिस्चार्ज गर्ने तयारी, थामियो पखाला र बान्ता


पूर्व उर्जामन्त्री दिपक खड्कालाई डिस्चार्ज गर्ने तयारी भएको छ ।

सम्पत्ति शुद्धिकरणको आरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएका थापालाई पखाला र बान्ता भएपछि प्रहरीले त्रिवि शिक्षण अस्पतालमा लगेको थियो । अस्पताल स्रोतका अनुसार अहिले उनलाई लागेको पखाला र बान्ता थामिएको छ भने उनको स्वास्थ्यमा अन्य समस्या देखिएको छैन । त्यसैले अस्पतालले उनलाई डिस्चार्ज गर्दैछ ।

डिस्चार्जपछि प्रहरीले खड्कालाई काठमाडौं प्रहरी परिसरको हिरासतमा लैजाने बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार