गृहमन्त्री सुधन गुरूङले ३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीको हातमा लगाइएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्री गुरूङले प्रहरी प्रशासनलाई दलीय दबाबमा राखिएको आसय प्रकट गर्दै लेखेका छन् :
‘३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ,’
गृहमन्त्री बनेयता उनले कानुनी कारबाहीलाई तीव्रता दिएका छन्।
गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनसँगै प्रहरी प्रशासनले काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा गुण्डागर्दीमा संलग्नमाथि निगरानी र नियन्त्रण सुरू गरेको छ। राजनीतिक र व्यवसायीक क्षेत्रमा उच्चपदस्थ पनि यो बीचमा धेरै संख्यामा पक्राउ परेका छन् ।






