कांग्रेस नेता चन्द्र भण्डारीले पूर्वप्रधानमन्त्रीहरुका अभिव्यक्तिका कारण सडकमा हिँड्नै गाह्रो हुन थालेको बताएका छन् । सरकारसँग पूर्व प्रधानमन्त्रीहरुले माग्नुपर्ने कुरा नमाग्ने र नमाग्नुपर्ने कुरा माग्ने गरेका कारण सडकमा हिँड्नै गाह्रो हुन थालेको बताएका हुन् । उनले पूर्वप्रधानमन्त्रीहरुलाई सम्बोधन गर्दै लेखेका छन् :
पूर्वप्रधानमन्त्रीज्यूहरू !
सुकुम्बासीलाई जग्गाको लालपुर्जा माग्नुहोस्।
भ्रष्टाचारी र बिचौलिया माथि कडा कारबाहीको माग गर्नुहोस् ।
सुशासन र पारदर्शिताको कुरा उठाउनुहोस् !
संसद छँदाछँदै अध्यादेश ल्याउनु हुँदैन—यो स्पष्ट भन्नुहोस्।
विधिको शासन के हो भन्ने बुझाउनुहोस् !
तर बिचौलिया, भ्रष्टचारी , भुमाफिया र हुकुमवासीको पक्षमा अर्थ लाग्ने गरी नबोल्नुहोस्।
सडकमा हिँड्नै गाह्रो भइसक्यो—!





