नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति गगनकुमार थापालाई लक्षित गर्दै कसैलाई नेतृत्वमा आउन हतार भयो भन्दैमा पार्टीको विधि र विधान मिच्न नपाइने टिप्पणी गरेका छन् ।
बागमती प्रदेशस्तरीय विशेष भेलालाई बुधबार सम्बोधन गर्दै नेता सिंहले यस्तो टिप्पणी गरेका हुन् ।
नेता सिंहले पार्टीको १४औं महाधिवेशनका प्रतिनिधिहरूको फर्जी हस्ताक्षरमार्फत पार्टी कब्जा गर्न खोजेको आरोप पनि लगाए ।
उनले मुलुकमा लोकतन्त्र स्थापना र जनताको अधिकार स्थापना गर्न पार्टी र अग्रज नेताहरूले खेलेको भूमिका नभुल्न समेत नेता थापालाई आग्रह गरे ।
उनले पार्टीको विधि र विधानमा भएको व्यवस्था मिचेर पार्टीलाई कमजोर बनाउने कार्य टुलुटुलु हेरेर नबस्ने चेतावनी समेत दिए ।






