Logo
२ जेष्ठ २०८३, शनिबार
|  Sat May 16 2026

गल्ती प्रमाणित भए सरकारले मलाई पनि छाड्दैन:म ढुक्क छु,मेरो कुनै गल्ती छैन:सुदन गुरुङ


काठमाडौं । तत्कालीन गृहमन्त्री सुदन गुरुङले आफूविरुद्ध छानबिन समिति बनेको र सरकारले सत्य तथ्य बाहिर ल्याउनेमा आफू ढुक्क रहेको बताएका छन् ।

यदि आफूबाट गल्ती भएको प्रमाणित भए वर्तमान सरकारले कुनै हालतमा नजोगाउने र कारबाही गर्ने भन्दै उनले आफूले कुनै पनि गलत काम नगरेको दाबी गरे ।

गुरुङले भने, ‘हाम्रो सरकारले कसैलाई पनि छाड्दैन। हाम्रै श्रम मन्त्रीलाई समेत सरकारले छाडेन भने मलाई त झन् कुनै हालतमा छाड्दैन । पहिलेका दलहरूजस्तो यताउति म्यानिपुलेट गरेर ‘वासिङ मेसिनमा धोएर ल्यायो’ भन्ने हाम्रोमा हुँदैन ।’

गुरुङले समिति गठन हुनुअघि नै दलका प्रमुख नेताहरूले आफूलाई कुनै गलत काम त छैन नि ?’ भनेर प्रश्न गरेको समेत बताए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार