Logo
४ जेष्ठ २०८३, सोमबार
|  Mon May 18 2026

बहुमतको सरकारले सदनलाई छलेर अध्यादेशको बाटो रोज्नु लाजमर्दो:प्रचण्ड


काँक्रेविहार (सुर्खेत),३ जेठ ः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकलम दहाल ‘प्रचण्ड’ आइतबार बिहान बीरेन्द्रनगरमा पत्रकार भेटघाट कार्यक्रममा धारणा राख्नुहुँदै । तस्बिर : हेमन्त केसी / रासस

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारमाथि विभिन्न खालका संशय र प्रश्नहरू रहेकोले समर्थन गर्न नसकिने बताएका छन् ।

आइतबार बिहान सुुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले अध्यादेश ल्याउनेदेखि सबै हिसाबले प्रधानमन्त्री बालेन साहको नियत राम्रो नदेखिएको बताए ।

उनले बहुमतको सरकार सदन छलेर अध्यादेश जारी गर्न लागेको भन्दै सरकारलाई विश्वास गर्ने ठाउँ नरहेको बताए । प्रचण्डले सरकारले गरेका कुनै पनि निर्णय पारदर्शी नभएको बताए । उनले लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा र यसको परिमार्जनको निम्ति आफ्नो ठाउँबाट सरकारले राम्रो काम गर्दा रचनात्मक ढङ्गले सहयोग गर्ने बताए ।

त्यस्तै प्रचण्डले मिलेर प्रदेश सरकार बनाउन नेकपा एमाले र नेपाली कांग्रेसबाट आएका प्रस्ताव अस्वीकार गरेके बताए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार