Logo
४ जेष्ठ २०८३, सोमबार
|  Mon May 18 2026

प्रतिनिधिसभा बैठक:बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल,विपक्षीले अवरोध गर्लान् त ?


काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु हुनेछ । आर्थिक वर्ष २०८३/०८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल सुरु हुने सम्भावित कार्यसूची छ ।

बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार