Logo
४ जेष्ठ २०८३, सोमबार
|  Mon May 18 2026

कामु प्रधानन्यायाधीश मल्लको आदेशप्रति रास्वपाका सांसदको आपत्ति,एमालेको प्रतिवाद


काठमाडौँ । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले दिएको आदेशप्रति संसदमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले आपत्ति जनाएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाले कामु प्रधानन्यायाधीशको आदेशप्रति आपत्ति जनाएका हुन् ।

कामु प्रधानन्यायाधीश प्रधानले संवैधानिक परिषद्को प्रधानन्यायाधीशमा सिफारिसविरुद्ध दायर दरपिठ निवेदन दर्ता गरेर पेसी तोक्न आदेश दिएकी थिइन् । रास्वपा सांसद न्यौपानेले कामु प्रधानन्यायाधीश न्यौपानेले कन्फिलिट अफ इन्ट्रेस्टका आधारमा आदेश दिएको भन्दै आपत्ति जनाए ।

सांसद बास्कोटाले न्याय सम्पादन नगरेर अन्य विषयमा चासो देखाएको बताइन् । उनले दरपिठ भएका रिट दर्ता गर्न आदेश आदेश दिने कत्तिको न्यायोचित हो हो भन्ने प्रश्न गरिन् ।

त्यस्तै रास्वपाकी सांसद बास्कोटाले पनि कामु प्रधानन्यायाधीश मल्लको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन् । उनले कामु प्रधानन्यायाधीशले सरकारसँग लडाइँ अझै बाँकी रहेको बताएको प्रसंग उल्लेख गर्दै राजनीति गर्न मन भए कोट खोलेर आउनु चुनौती दिइन् ।

रास्वपाका सांसदको अभिव्यक्तिप्रति एमालेले भने आपत्ति जनाएको छ । एमाले सांसद ऐन महरले संसदमा विचाराधीन मुद्दाको विषयमा बहस गरेको भन्दै आपत्ति जनाए । संसदा अदालतको अपमान हुने गरी सत्तापक्षको सांसदहरूले अभिव्यक्ति भएको उनको भनाई थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार